२०७८ असार ८ , मंगलबार

प्रधानमन्त्रीमा ओलीको पनि दाबी, एमालेका १२१ र जनता समाजवादी पार्टी (जसपा) का ३२ सांसदको हस्ताक्षरसहित दाबी पेश

सुनाखरी न्युज, काठमाडौं ।

नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो पनि दाबी प्रस्तुत गरेका छन् । उनले एमालेका १२१ र जनता समाजवादी पार्टी (जसपा) का ३२ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा यसअघि  १४९ सांसद जुटेको थियो । लगतै प्रधानमन्त्रीमा दाबी गर्न विपक्षी गठबन्धनका नेताहरुसहित उनी शीतल निवास पुगेका थिए ।