२०७८ असार ८ , मंगलबार

शीलतनिवासमा राष्ट्रपतिलाई कुर्दै विपक्षी नेताहरु, आन्तरिक छलफलमा राष्ट्रपति

सुनाखरी न्युज/ काठमाडौं-

सरकारको दाबी गर्न  १४९ जना सांसदको हस्ताक्षर बोकेर शीतलनिवास पुगेका विपक्षी गठबन्धनका नेताहरु राष्ट्रपतिलाई भेट्ने समय कुरेर बसिरहेका छन् ।
राष्ट्रपति कार्यालयमा पुगिसके पनि राष्ट्रपतिसँग भेट हुन बाँकी रहेको र प्रतिक्षा गरिरहेको एक नेताले जानकारी दिए ।

विपक्षी काँग्रेस, माओवादी, जसपा र माधव नेपाल समूहका १४९ सांसदहरुको हस्ताक्षर सहित शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न नेताहरु शीतलनिवास पुगेका हुन् ।

संविधानको धारा ७६(५) अनुसारको सरकार गठनमा दलगत नभएर व्यक्तिगत मतका आधारमा सरकार बनाउन मिल्ने भएकाले माधव नेपाल पक्षका सांसदहरुले पनि वैकल्पिक सरकारका लागि हस्ताक्षर गरेका हुन् ।