२०७८ असार २ , बुधवार

काँग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बनाउन १४९ सांसदको हस्ताक्षर संकलन, हस्ताक्षरसहित नेताहरु राष्ट्रपति कार्यालय जाँदै

सुनाखरी न्युज/ काठमाडौँ —

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई धारा ७६ (५) अनुसार प्रधानमन्त्री बन्नलाई बहुमत सांसदको हस्ताक्षर लिएर विपक्षी गठबन्धनका नेताहरु राष्ट्रपति कार्यालयतर्फ लागेका छन् ।

माओवादी केन्द्रका नेता वर्षमान पुनका अनुसार देउवाका पक्षमा १४९ सांसदको हस्ताक्षर संकलन भएको छ ।