२०७८ असार १० , बिहिवार

सिंहदरबारमा विपक्षी तीन दलको छलफल सुरु, सत्ता समिकरण बारे निर्णय हुने

सुनाखरी न्युज/ काठमाडौँ —

 

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षबीच सिंहदरबारमा छलफल सुरु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेसम्म सरकार गठन गर्न समय दिएपछि तीन दल छलफलमा जुटेका हुन् ।

 

छलफल कांग्रेस संसदीय दलको कार्यालयमा भइरहेको छ ।

 

 

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा सदस्यहरूलाई शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकी छन् ।