२०७८ जेठ ३० , आइतवार

विपक्षी गठबन्धनले माधव नेपाललाई प्रधानमन्त्रीको रुपमा अघि सार्न सक्ने, काँग्रेस र माओवादी पनि छलफलमा

सुनाखरी न्युज/ काठमाडौँ –

माधव नेपाललाई  विपक्षी गठबन्धनले प्रधानमन्त्रीका रुपमा अघि सार्ने विकल्प अघि सारेको छ। कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको विपक्षी दलहरुको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विस्थापित गर्न नेता नेपाललाई अघि सार्ने विषयमा कुराकानी भएको हो। उक्त बैठकपछि कांग्रेस, माओवादी केन्द्र, जसपाका उपेन्द्र यादव पक्ष र एमालेको नेपाल पक्ष आन्तरिक छलफल गरिरहेका छन्।

संविधानको धारा ७६ ९५० अुनसार सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय शुक्रबार साँझ ५ बजेसम्मम छ। उक्त बैठकमा राष्ट्रपति विद्यादेवि भण्डारीलाई महाअभियोग लगाउने देखि नेपाललाई प्रधानमन्त्रीको उम्मेद्वारका रुपमा अघि सार्नेसम्मका विकल्पमाथि चर्चा भएको थियो।

 

बुढानिलकण्डबाट फर्किर नेता नेपाल अहिले सिंहदरबारस्थि लेखा समितिको बैठक कक्षमा आफू निकट नेताहरुसँग ब्रिफिङ गरिरहेका छन्। त्यहाँ सहभागी एक सांसदका अनुसार नेता नेपालले आफूलाई प्रधानमन्त्रीका रुपमा अघि सर्न प्रस्ताव आएको जानकारी गराएका छन्।