२०७८ असार ८ , मंगलबार

दलहरुलाई दिइएको समयसीमा घर्किदै, को बन्ला त प्रधानमन्त्री ?

PM Office

सुनाखरी न्युज/ काठमाडौं –

संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुलाई  दिएको समय  ५ बजे सकिदैछ ।

अल्पमतमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा ४ बमोजिम विश्वासको मत नलिई राष्ट्रपति भण्डारीलाई ७६ को उपधारा ५ बमोजिम सरकार गठनको आब्हान गर्न लगाए । ७६ को ५ मा प्रतिनिधि सभाको कुनै पनि सदस्यले आफूसँग बहुमत सांसदहरुको समर्थन रहेको आधार प्रष्ट पारेर राष्ट्रपति समक्ष दावी गरे प्रधानमन्त्रीमा नियुक्त हुने प्रावधान छ ।

नेपाली कांग्रेस, माओवादी लगायत राजनीतिक दलहरुले राष्ट्रपति भण्डारीले दिएको समयसीमा निकै धोरै भएको र प्रधानमन्त्री ओलीको मिलेमतोमा राष्ट्रपतिले गैरसंवैधानिक कदम चालेको बताएका छन् । अल्पमतको प्रधानमन्त्रीले राजनीनामा नदिएको अवस्थामा धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनको आब्हान गर्नु राष्ट्रपतिको गलत कदम भएको राजनीतिक दल र कानूनविदहरुको ठहर छ। जे भएपनि राजनीतिक दलहरु नयाँ सरकार गठनका लागि तीव्र छलफलमा छन् । उनीहरु सबै विकल्पमा छलफल गरिरहेका छन् । प्रधानमन्त्री ओली पनि भरिसक्य विपक्षीलाइ रोकेर आफैँ सत्ताामा रहिरहने प्रयास गरिरहेका छन्

समाचार तयार पार्दासम्म दलहरुबीच सहमति भने बन्न सकेको छैन।