२०७८ असार ७ , सोमवार

एमाले नेपाल–खनाल समूहले परिस्थिति हेरेर निर्णय लिने जिम्मा दियो माधव नेपाललाई

सुनाखरी न्युज/ काठमाडौं ।

नेकपा एमालेको नेपाल-खनाल समूहले परिस्थिति हेरेर निर्णय लिने जिम्मेवारी नेता माधवकुमार नेपाललाई दिएको छ । स्थायी कमिटी सदस्य युवराज ज्ञवालीका अनुसार संविधान र लोकतन्त्र जोगाउनका लागि आफूहरुले खेल्ने भूमिकाका बारेमा निर्णय लिने जिम्मा नेता नेपाललाई दिइएको हो ।

‘मुख्य कुरा संसद् विघटन हुने दिशामा मुलुक नआओस् भन्ने कुरामा ध्यान दिनुपर्छ । संसद विघटन गर्ने, संविधान मासिने, चुनावको मिति घोषणा हुने, चुनाव पनि नहुने यो स्थिति नआओस् ,’ उनले भने,“त्यो अवस्था आउन नदिन र लोकतन्त्र, संविधान जोगाउन के गर्नुपर्छ । त्यो भूमिका खेल्नुपर्छ । निर्णय लिने जिम्मा नेता नेपाललाई दिएका छौं ।”