२०७८ असार १ , मंगलबार

टाटा मोटर्स प्यासेन्जर कारको फ्री सर्भिस र वारेन्टी अवधिमा थप

सुनाखरी न्युज/ काठमाण्डौ – टाटा मोटर्सको नेपालका लागि एक मात्र अधिकारिक बिक्रेता सिप्रदी टेडिङ्ग प्रा.लि.ले लकडाउनको कारण ग्राहकवर्गमा पर्न गएको अफ्ठ्यारो परिस्थितिलाई मध्यनजर गर्दै टाटाको सबै कारहरुको फ्री सर्भिस र ओरिजिनल ईक्विप्मेण्ट वारेन्टी अवधिमा एक महिना थप गरेको छ ।

 

यदि टाटा कार ग्राहकहरुको फ्री सर्भिस र वारेन्टी अवधिको म्याद १ अप्रिल २०२१ देखि ३१ मे २०२१ को भित्र परेको छ भने, स्ट्यान्डर्ड वारेन्टीको नियम तथा शर्तहरु अन्तर्गत सवारीको वारेन्टी अवधि ३० जुन २०२१ सम्म लागि थप गरिएको छ । सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का ग्राहक सेवा तर्फबाट टाटा प्यासेन्जर गाडीका प्रमुख प्रबन्धक कुमार भण्डारीका अनुसार “अहिले महामारीको रुपमा विश्वभरि फैलिदै गरेको कोरोना भाइरस (कोभिड १९) को कारण भएको लकडाउन र अत्यावश्यक बाहेकको आवागमन प्रतिबन्धका कारण ग्राहकहरुले गाडी मर्मत गराउन कठिनाई भएको कारण फ्री सर्भिस र ओरिजिनल ईक्विप्मेण्ट वारेन्टीको अवधि थप गरिएको हो ।

 


कम्पनीले जनाएको अनुसार यस आपतकालीन समयमा पनि टाटा गाडीको ग्राहकहरुको लागि सिप्रदी २४ घण्टा सेवामा समर्पित छ । यदि कुनै पनि ठाउँमा गाडी मर्मत, पार्टपुर्जा, ईन्जिन आयल वा ब्याट्री सम्बन्धि सेवा चाहिएमा, कम्पनीको टोल फ्री नम्बर १६६००१५५७७७ (NTC) वा ९८०१५७५७७७ (NCELL) मा सम्पर्क गर्न सक्नुहुनेछ । यसको साथै टाटा कारका ग्राहकहरुले सिप्रदीको सिप्रदी एप्सबाट पनि आफ्नो गाडीको सर्भिस बुकिङ्ग गर्न सक्नुहुनेछ ।