२०७८ असार ७ , सोमवार

सिंहदरबारमा माधव नेपाल समूहका सांसदहरुको भेला, अन्य दलहरु पनि छलफलमा

सुनाखरी न्युज/ काठमाडौं ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु सिंहदरबारमा भेला भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार धारा ७६ ९५० को सरकार बनाउन आह्वान गरेपछि नेपाल समूहले सांसदहरुको भेला बोलाएको हो ।

छलफलका लागि नेता नेपाल, भीम रावल, रामकुमारी झाँक्री, विरोध खतिवडा, झपट रावल, जीवनराम श्रेष्ठ, लगायत २० भन्दा बढी सांसदहरु सिंहदरबार पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार साँझ पाँच बजेसम्म संविधानको धारा ७६ ९५० अनुसार नयाँ सरकार गठनका निम्ति समय दिएकी छन् ।

समय सकिदै जाँदा दलहरुले एकपक्षीय तथा बहुपक्षीय छलफल तीव्र बनाएका छन् ।