२०७८ असार ७ , सोमवार

आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन प्रधानमन्त्री ओलीको आह्वान

सुनाखरी न्युज/ काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्न आह्वान गरेका छन् । बालुवाटारमा आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले दलहरूलाई वैकल्पिक सरकार बनाउन सुझाव दिदै त्यसो नभए आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन सहयोग गर्न दलहरूलाई आग्रह गरेका हुन् ।

 

‘वैकल्पिक सरकार बनाउनुस् । मेरो दलले रचनात्मक सहयोग गर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘कि राष्ट्रिय सरकार बनाऔं सबैको सहयोगमा कोभिड–१९ का विरुद्ध लडौं ।’ उनले आफूले वैकल्पिक सरकार गठन गर्न बाटो खोलिदिएको भन्दै यसबारेमा नकारात्मक र आवेश उत्तेजनामा नजान आग्रह गरे । उनले आफ्नो च्वाइस आफ्नै नेतृत्वको सरकार रहेको भन्दै हुँदै नभए संसद विघटनको बाटोमा जानसक्ने संकेत गरेका छन् ।