२०७८ जेठ ३० , आइतवार

अष्ट्रेलियाले कोरोना विरुद्धको प्रतिकार्यमा ६३ करोड ५० लाख रकम सहयोग गर्ने

सुनाखरी न्युज/ काठमाण्डौ – अष्ट्रेलियाले कोभिड–१९ विरुद्धको प्रतिकार्यका लागि नेपाल सरकारलाई रू ६३ करोड ५० लाख उपलब्ध गराउने भएको छ ।

 

अत्यावश्यक उपकरण अक्सिजनसहितका स्वास्थ्य सामग्री खरिद तथा प्रादेशिक अस्पताल र त्यहाँ कार्यरत स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा उपकरण खरिद गर्न उक्त रकम प्रदान गरिएको यहाँस्थित अष्ट्रेलियाली राजदूतावासले जनाएको छ । नेपालका स्थानीय तहमा आम नेपालीका बीच कार्यरत अमेरिकी, बेलायती, जापानी र राष्ट्रसङ्घीय निकायमार्फत सहायता परिचालन गरिने उक्त दूतवासले बताएकोछ ।