२०७८ असार ७ , सोमवार

आज घट्यो सुनको मूल्य

सुनाखरी न्युज/ काठमाण्डौ – नेपाली बजारमा सुनको मूल्यमा आज घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९३ हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा चार सयले घटेको हो । बिहिबार सुनको मूल्य तोलामा चार सयले बढेको थियो ।

 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १३५० रहेको महासंघले जनाएको छ ।