२०७८ असार ६ , आइतवार

प्रधानमन्त्रीका रुपमा लौरो उभ्याउँ, संविधान चाहिँ जोगाऔँ : डा.भट्टराई

सुनाखरी न्युज/ काठमाण्डौ -पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले संविधानको संरक्षणका लागि ढिलो नगरि वैकल्पिक सरकार बनाउन आग्रह गर्नुभएको छ ।भट्टराईले ट्वीट गर्दै बरु प्रधानमन्त्रीका रुपमा लौरो उभ्याएर भए पनि संसद, संविधान र लोकतन्त्रको रक्षा गर्नुपर्ने बताउनुभएको छ ।

 

डा.भट्टराईले लेख्नुभएको छ ‘संसद, संविधान, लोकतन्त्रको रक्षा आजको अहम् प्रश्न हो ? जे गरेर रक्षा हुन्छ त्यही गरौँ । सबैले आवश्यक त्याग/बलिदान गरौँ । लौरो उभ्याएर भए पनि ७६ ९५० को वैकल्पिक सरकार दिऊँ १ आजै गरौँ, अहिल्यै गरौँ १ वीपीरपीएलदेखि हाम्रो पुस्तासम्मले लडेर ल्याएको संविधानरलोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्नेछ ?’