२०७८ असार १ , मंगलबार

हुण्डी कारोवारमा संलग्न ३ जना नगद सहित पक्राउ

सुनाखरी न्युज/ मोरङ – हुण्डी कारोबारमा संग्लग्न रहेको आरोपमा तिन जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।

 

आज दिउँसो मोरङको बिराटनगर महानगरपालिका-११ रोडषेस चोकबाट २१ लाख भन्दा बढी रकम सहित पक्राउ परेका बिराटनगर-१३ का २५ बर्षीय श्रवण साह र रंगेली नगरपालिका-१ की २५ बर्षीया जिज्ञासा चौधरीलाई सोधपुछ गर्ने क्रममा हुण्डी कारोवारबाट प्राप्त रकम रहेको खुल्न आएसंगै उक्त कार्यमा संग्लग्न बिराटनगर -१३ का ३३ बर्षीय अमृत कुमार साह सुडीलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

 

साह र चौधरीको साथबाट प्रहरीले नेपाली रुपैयाँ २१,७१,५०० (एकाई लाख एकत्तरहजार पाँच सय) र भारतीय रुपैयाँ २३,००० (तेईस हजार) तथा बिभिन्न बैकका चेकहरु बरामद गरेको थियो । त्यस्तै अमृत कुमारको घर कोठा खानतलासी गर्दा मोवायल तथा नगद डिपोजिट रसिद बरामद भएको हो । यसरी ठुलो मात्रामा नगद रकम सहित पक्राउ परेका तिनै जनालाई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी बुझाउने तयारी भईरहेको छ ।