२०७८ असार १० , बिहिवार

प्रभु सेलेक्ट फण्डका इकाइहरु दोस्रो दिनमै ओभरसब्सक्राइब्ड

सुनाखरी न्युज/ काठमाडौं – निष्कासनको दोस्रो दिनमै प्रभु सेलेक्ट फण्डका इकाइहरु ओभरसब्सक्राइड भएको छ। प्रभु क्यापिटल लिमिटेडअन्तर्गत सञ्चालित हुने रु. १० अंकित दरमा १ अर्ब रुपैयाँबाराबरको १० करोड इकाइ हिजो जेठ ५ गतेबाट बिक्री खुला गरिएको छ।

 

क्यापिटलका अनुसार बिहीबार साँझसम्म यो योजनामा मागभन्दा १०४.८८ प्रतिशत बढी आवेदन परेको हो। योजनामा ४० हजार ५१२ जना सर्वसाधारण लगानीकर्ताबाट १ अर्ब ४ करोड ८८ लाख २० हजार ५ सय रकमबराबरको १० करोड ४८ लाख ८२ हजार ५० इकाई खरिदका लागि आवेदन परेको छ। यो फन्डका १५ प्रतिशत इकाईमध्ये कोष प्रवर्द्धक प्रभु बैंक लिमिटेडलाई १ करोड ४० लाख र कोष व्यवस्थापक प्रभु क्यापिटललाई १० लाख इकाइ सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाइ सर्वसाधारणलाई बिक्री खुला गरिएको छ।

 

यो फन्डमा लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतम १ करोड इकाइसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ। इकाइ खरिदका लागि आवेदन दिने अन्तिम समय छिटोमा जेठ ९ गते आइतबारसम्म रहेको छ।