२०७८ असार ७ , सोमवार

मन्त्रिपरिषद्को बैठक सम्पन्न, जेठ ९ गते प्रतिनिधिसभा अधिवेशन आह्वान गर्ने निर्णय

सुनाखरी न्युज/ काठमाडौँ —

मन्त्रिपरिषद्को बिहीबारको बैठकले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेको छ । प्रतिनिधिसभाको अधिवेशन जेठ ९ गते बोलाउने निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले जानकारी दिए ।

‘जेठ ९ गते प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय भएको छ,’ श्रेष्ठले भने ।