२०७८ असार १ , मंगलबार

देशभर ८ हजार २२७ जनामा कोरोना पुष्टि, ६ हजार ५४३ जना कोरोना संक्रमणमुक्त, १९० जनाको मृत्यु

Corona

सुनाखरी न्युज/ काठमाडौँ —

नेपालमा वितेको  २४ घण्टामा देशभर ८ हजार २२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको २१ हजार ६९५ पीसीआर परीक्षणमा ८ हजार २२७ जनामा कोरोना पुष्टि भएको हो ।

एन्टिजेन विधिबाट गरिएको ३ सय ९२ परीक्षणमा ७८ जनामा पोजिटिभ देखिएको छ ।

 

२४ घण्टामा ६ हजार ५४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १९० जनाको मृत्यु भएको छ ।