२०७८ असार ८ , मंगलबार

तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

सुनाखरी न्युज/ काठमाडौं – चन्द्रागिरी नगरपालिका-११ सतुंगलस्थित चन्द्रागिरी पार्टी प्यालेसमा तास खेलिरहेको अवस्थामा सोही पार्टी प्यालेसका सञ्चालक सोही ठाउँ बस्ने ५४ वर्षीय राजु श्रेष्ठ लगायत ७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 

उक्त पार्टी प्यालेसमा तास खलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५७ हजार ७ सय ७५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।