२०७८ असार ८ , मंगलबार

योजना आयोगको उपाध्यक्षमा कँडेल पुनः नियुक्त, आजै खाए सपथ

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः प्रा.डा. पुष्पराज कडेल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उपाध्यक्ष कडेलसहित सदस्य डा. कृष्णप्रसाद ओली, डा. उषा झा र मीनबहादुर शाहीलाई आयोगको गठन आदेश बमोजिम नियुक्त गरेको थियो ।

कँडेलले  प्रधानमन्त्री एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष केपीशर्मा ओलीसमक्ष  आज विहिबार सिंहदरवारमा सपथ सपथ ग्रहण गरेका छन् ।

सपथ ग्रहण पश्चात उपाध्यक्षले कँडेलले राष्ट्रिय योजना आयोगमा पदभार ग्रहण गर्दै ११ वटा स्मार्ट सिटीको बहुवर्षीय आयोजना स्वीकृत गर्ने निर्णयको फाइल सदर गरेका छन् ।