२०७८ असार १० , बिहिवार

आइपुग्यो स्पेनले पठाएको स्वास्थ्य सामग्री काठमाडौं

सुनाखरी न्युज/ काठमाडौं – स्पेनले नेपाल सरकारलाई उपलब्ध गराएको कोभिड स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ। स्पेनको स्वास्थ्य मन्त्रालयले कार्गो गरेर आइबेरिया एयरलाइन्समार्फत स्वास्थ्य सामाग्री नेपाल पठाएको हो ।

 

कार्गोमा ५ टनभन्दा बढी कोभिड नियन्त्रणसम्बन्धी स्वास्थ्य सामग्री रहेको बताइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेर स्वास्थ्य सामाग्री बुझेका छन् । यसैबीच स्वास्थ्य सामाग्री लिएर आएको जहाजले स्पेनिस नागरिकलाई फिर्ता लिएर जाने बताइएको छ। नेपालमा अन्तर्राष्ट्रिय उडान बन्द भएसँगै नेपालमै रोकीएका नागरीकलाई सोही जहाजमा स्वदेश फकाईने जनाइएको छ।