२०७८ जेठ ३० , आइतवार

सरकार ! धर्ना दे अब

राजेन्द्र अधिकारी-
यो लेख लेख्दै गर्दा पनि म पढिरहेछु मृत्युका समाचारहरु । सामाजिक संजालहरुमा म आफै लेखिरहेछु श्रद्धान्जली र समवेदनाका हरफहरु । कतै डाक्टरको मृत्यु , कतै नर्स को, कतै शिक्षक ढलेका छन् त कतै वकिल , कतै कलाकार त कतै को । दुखका साथ भन्नु पर्छ कि महामारी यसरी फैलिएको छ कि महामारीले मान्छे नमरेका त कुनै शहर, गाउँ , बस्ति अनि घर र परवार छैनन् । यस्तो लाग्छ अरुको मृत्युमा समवेदना लेख्दै गर्दा अरुले आफैलाई समवेदनाका शब्दहरु लेख्दै हुनेछन केवल पोष्ट हुन बाकी छ । आखिर कैले सम्म महामारीको नाममा यहि अवस्थामा रहिरहने त? कुनै विकल्प छैन ?अरु देशले महामारी रोक्न सफल भैसक्दा सम्म हामी किन लाश गन्नैमा व्यस्त छौं ?