२०७८ असार ७ , सोमवार

त्रिवि अंग्रेजी विभागका उपप्राध्यापक सुवेदीको निधन

सुनाखरी न्युज/ काठमाडौं – त्रिभुवन विश्वविद्यालय अंग्रेजी केन्द्रीय विभाग कीर्तिपुरका उपप्राध्यापक शंकर सुवेदीको निधन भएको छ। कोरोना भाइरस संक्रमण देखिएपछि उपचार गराइरहेका उपप्राध्यापक सुवेदीको आज निधन भएको हो।

 

सुवेदीको ललितपुरस्थित पाटन अस्पतालमा उपचार भइरहेको थियो। उपप्राध्यापक सुवेदीको निधन भएको विभागीय प्रमुख जीवलाल सापकोटाले बताएका छन्। ‘हाम्रा साथी उपप्राध्यापक शंकर सुवेदीको निधनको खबरले हामी मर्माहत र स्तब्ध छौं,’ उनले भनेका छन्।