२०७८ असार २ , बुधवार

कपिलवस्तुमा माओवादी नेता दीपक पाण्डेमाथि गोली प्रहार

सुनाखरी न्युज/ काठमाडौं – नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका नेता दीपक पाण्डेमाथि गोली प्रहार भएको छ । अपरिचित व्यक्तिले चलाएको गोली लागेर पाण्डे सहित दुईजना घाइते भएका छन् । गोली लागेर कपिलवस्तु घर भएका ३४ वर्षीय दिपक पाण्डे र भारत घर भएका २६ वर्षीय अयाज अख्तर मुसलमान घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी धर्मराज भण्डारीले बताए ।

 

पाण्डेलाई दुई गोली र अक्तरलाई १ गोली लागेको डिएसपी भण्डारीले बताए । राती ११ बजे तौलिहवा–जीतपुर सडकखण्डमा पर्ने सडवा भन्ने स्थानमा पाण्डेमाथि गोली प्रहार भएको उनले बताए । गोली प्रहार लगत्तै दुवैलाई कपिलवस्तुमा उपचार हुन नसकेपछि रूपन्देहीको मेडिकल कलेजमा लगिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।