२०७८ असार ८ , मंगलबार

ताउते चक्रवातको प्रभाव कायमै, यी स्थानमा वर्षा र हिमपातको सम्भावना

सुनाखरी न्युज/ काठमाडौं – पूर्वीमध्य अरब सागरमा रहेको अति शक्तिशाली चक्रवात ताउते ‘TaukTae’ को प्रभाव नेपालमा परिरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव तथा भारतको राजस्थान आसपासमा रहेको चक्रवात ताउ-ते “TaukTae थप कमजोर हुँदै उतर पुर्वतिर अगाडि बढेको छ र यसको प्रभाव रहेको छ ।

 

यसको कारण शुक्रबारसम्म नेपालको मौसम बदलि हुने, बर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । विभागका अनुसार हाल देशभर सामान्य देखि पुर्ण बदली रहेको छ। देशका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ।
विभागका अनुसार आगामी २४ घण्टा देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम बर्षा र थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भू-भागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपात/ वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

 

यस्तो छ विभागले गरेको आगामी ३ दिनको मौसम पूर्वानुमान

 

२०७८ जेठ ६ गते (बिहिबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, गण्डकि प्रदेश र बाग्मति प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।उच्च हिमाली भू-भागका केहि स्थानहरुमा भारि हिमपात/वर्षाका सम्भावना रहेको छ।

राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्विनि प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ।उच्च हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ।

२०७८ जेठ ७ गते (शुक्रबार)

दिउँसो: देशका धेरैजसो भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती: प्रदेश १ लगाएत देशका बाँकी पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली र बाँकी भू-भागमा सामान्यतय सफा रहनेछ। प्रदेश १, बाग्मति र गण्डकी प्रदेशका एक /दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७८ जेठ ८ गते (शनिबार)

दिउँसो: प्रदेश नं १, बाग्मति प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकि भू-भागमा आंशिक बदलि रहने छ। प्रदेश नं १, बाग्मति प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती: : प्रदेश नं १, बाग्मति प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकि भू-भागमा आंशिक देखी सामान्यतया सफा रहने छ। प्रदेश नं १, बाग्मति प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।