२०७८ असार २ , बुधवार

काठमाडौं परिसरमा कार्यरत डीएसपी केसीको निधन

सुनाखरी न्युज/ काठमाडौं – कागेश्वरी मनोहरा नगरपालिका मूलपानी स्थायी घर भएका नेपाल प्रहरीका डीएसपी राजकुमार केसीको कोरोनाका कारण निधन भएको छ । उनी महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए । बिहीबार बिहान नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको परिवार स्रोतले जनाएको छ ।

 

२ हप्ता अगाडि उनलाई संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई प्रहरी अस्पतालमा भर्ना गरिएको परिवारले जनाएको छ ।