२०७८ जेठ ३० , आइतवार

निम्बसद्वारा सेजनलाई मास्क तथा स्यानिटाइजर सहयोग

सुनाखरी न्युज/ काठमाडौं – एग्रो इन्डष्ट्रिमा पायोनियर ग्रुप निम्बसले नेपालआर्थिक पत्रकार समाज (सेजन)लाई मास्क तथा स्यानिटाइजर सहयोग गरेको छ ।

 

सामाजिक उत्तरदायित्वअन्र्तग फ्रन्टलाइनमा कामगर्ने व्यक्तिहरुलाई मास्क तथा स्यानिटाइजर वितरण गरिरहेको निम्बसले सेजनलाई मास्क रस्यानिटाइजर सहयोग गरेको हो । निम्बसले सेजनलाई ५ हजार थान मास्क र स्यानिटाइजरउपलब्ध गराएको छ । निम्बस कृषि उत्पादन तथा प्रशोधनमा अब्बलसमूह हो । तर, यो बीचमा कोरोना भाइरसको दोस्रो भेरियन्टबाट संक्रमितबढेसँगै निम्बसले स्वास्थ्य सामग्री मास्क तथा स्यानिटाइजर समेत उत्पादन गरेरफ्रन्टलाइनरलाई आवश्कता अनुसार वितरण गरिरहेको छ । निम्बसका कार्यकारी निर्देशक डा. दिनेश गौतमलेसेजन अध्यक्ष भीम गौतमलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए ।

 

‘निम्बसले सामाजिकउत्तरदायित्व अन्र्तग फ्रन्टलाइनमा काम गर्ने व्यक्तिहरुलाई मास्क तथा स्यानिटाइजर वितरणगरिरहेका छौं,’ निम्बसका कार्यकारी निर्देशक गौतमले भने, ‘यस्तो कठिन परिस्थितिमा सबै मिलेर कोरोनासँग लड्नुपर्ने भएकाले हाम्रो संस्थाले पनि सहयोग गरिरहेको छ ।’सेजन अध्यक्ष गौतमले असहज परिस्थितिमा पनिआर्थिक पत्रकारहरुलाई निम्बसले मास्क र स्यानिटाइजर उपलब्ध गराएकोमा धन्यवाद दिए ।