२०७८ असार ७ , सोमवार

अक्सिजनको कालोबजारी गर्ने तीन पक्राउ

सुनाखरी न्युज/ ललितपुर  – कोभिड– १९ को महामारीमा अक्सिजनको कालोबजारी गर्ने तीन अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा नुवाकोट विदुर– ३ का ३९ वर्षीय रामकृष्ण घिमिरे, मकवानपुर हेटौँडा– ६ का ४२ वर्षीय नवराज खनाल र धादिङ गल्छी– २ का ४२ वर्षीय रामशरण अधिकारी रहेका छन् । उनीहरूलाई महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको हो ।

 

उनीहरूको साथबाट प्रहरीले एक थान भरिएको सिलिन्डर बरामद गरेको छ । प्रहरीका अनुसार उनीहरूले १५ हजार रुपैयाँ पर्ने अक्सिजनको सिलिन्डरलाई ४१ हजार रुपैयाँमा बेच्दै आएका थिए । रंगेहात पक्राउ परेका उनीहरूलाई कलाबजारी ऐनअन्तर्गत कारबाही गरिने प्रहरीले जानकारी दिएको छ ।