२०७८ असार १ , मंगलबार

वि.सि.डब्लु युथद्धारा “चुलो बालौ” अभियानको सुरुवात

सागर पौडेल / पश्चिम नवलपरासी – ‘यो बिपत्तिमा खाद्यान्न सहयोग गरौं, अभाबले निबेको चुलो बाल्न मद्दत गरौं ’ भन्ने अबिप्रायले स्थापना भएको पश्चिम नवलपरासीको वि.सि.डब्लु युथ नेपालले निम्नआय, दुखीअसाहय, अतिबिपन्न, दैनिक ज्याला गरि खाने मजदुरहरुलाई सहयोग गर्ने उदेश्यले चुलो बालौ अभियान सुरु गरेको छ ।

 

कोभिड १९ को दोस्रो भेरियन्टको संक्रमण तीब्र रुपमा फैलिए पछि जिल्लामा न्युनिकरण गर्नका लागि निषेधाज्ञा जारि छ । सबै क्षेत्र सुनसान छ, दैनिक ज्यालादारीबाट आफ्नो जिविको पार्जन गर्दै आएका परिवारको घरमा चुलो पनि बाल्न नसक्ने अवस्था सिर्जना भएको छ । निम्नआय, दुखीअसाहय, अतिबिपन्न, दैनिक ज्याला गरि खाने मजदुरहरुको लागि खाद्यान्न तथा आर्थिक सहयोग गर्न युथ क्लव एउटा पुलको मात्र काम गर्ने अभियान्ता संयोजक तथा क्लवका सचिव रोशन श्रेष्ठले बताउनुभयो ।

 

उहाले भन्नुभयो “तपाईको मेरो सानो सहयोगले कुनै भोको पेटले खान पाउला, निबेको चुलो बोल्ला अनि उहाँहरुको अनुहारमा खुसी आउँदा यो भन्दा ठूलो धर्म र पुन्य काम के होला” । अभियानमा संलग्न भएर जहाँ बाट जसरी सकिन्छ त्यसरी नै सहयोग गर्न सवैमा आग्रह समेत गर्नुभएको छ । “हामी अभियानमै छौ, जहाबाट फोन कल आउछ हामी त्यही सहयोग लिएर पुग्छौ” सहयोगीदाताहरुले सहयोग गरेकै कारण सहयोग गर्न सकेका छौ भन्दै क्लबका अध्यक्ष शिव रेग्मिले सहयोगी सम्पुणर्लाई धन्यवाद ज्ञापन गर्नुभएको छ । वि.सि.डब्लु युथ नेपालले विभिन्न सामाजिक क्रियाकलापमा आफ्नो सक्रिय भुमिका बहन गर्दै आएको छ ।