२०७८ असार ८ , मंगलबार

भाउजुको हत्या गर्ने देवर पक्राउ

सुनाखरी न्युज/ मोरङ – मोरङको रङगेली नगरपालिका-३ का १९ बर्षीय बिनोद यादव भाउजुको हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।

 

आज बिहान साँढे ७ बजेको समयमा रङगेली नगरपालिका-३ तिलुवा चौकको नहरमा मृत फेला परेकी २४ बर्षीया अनिता यादवको घाँटीमा काटिएको पाएसंगै अनुसन्धान थालेको प्रहरी टोलीले मृतक कै देवर बिनोदको संग्लग्नता रहेको पाएपछी निजलाई पक्राउ गरेको हो ।

 

मृतक अनिता र देवर बिनोद बिच मंगलवार साँझ झै-झगडा भएको र सोही रिसिईबीका कारण बिनोद यादवले राती ८ बजे धारिलो हतियार दाउले घाँटीमा प्रहार गरी भाउजुको हत्या गरेका थिए । पक्राउ परेका यादवको सम्बन्धमा ईलाका प्रहरी कार्यालय रङगेलीले थप अनुसन्धान गरिरहेको छ ।