२०७८ असार १ , मंगलबार

नेपाल चेम्वर अफ कमर्सद्धारा सरकारी अस्पतालहरुलाइ स्वास्थ सामाग्री उपलब्ध गराउने कार्यको निरन्तरता

सुनाखरी न्युज/ काठमाडौं – आज नेपाल चेम्वर अफ कमर्शको तर्फबाट चेम्वरका अध्यक्ष राजेन्द्र मल्लले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताललाइ स्वास्थ सम्वन्धी सामाग्रीहरु हस्तान्तरण गरेको छ । अस्पतालका तर्फबाट डा. राजेश शाहले उक्त सामाग्रीहरु ग्रहण गर्नु हुंदै चेम्वरबाट बिगतमा पनि यस्तै सामाग्रीहरु प्राप्त भएको स्मरण गर्नु हुंदै चेम्वरलाइ धन्यबाद ज्ञापन गर्नु भएको थियो ।

 

साथसाथै चेम्वरका अध्यक्ष मल्लले त्रिबि शिक्षण अस्पतालको आकस्मिक कक्षलाइ पनि स्वास्थ सम्वन्धी सामाग्रीहरु हस्तान्तरण गर्नु भयो । त्रिबि शिक्षण अस्पताल आकस्मिक कक्षको तर्फबाट प्रा.डा.योगेन्द्रमान शाक्यले सामाग्री ग्रहण गर्नु भएको थियो । त्यसै गरी चेम्वरका अध्यक्ष श्री मल्लले राधास्वामी अक्सीजन थेरापी आइसोलेशन सेन्टर गौंगवुको लागि पनि स्वास्थ सम्वन्धी सामाग्रीहरु उक्त केन्द्रका तर्फबाट नेपाली सेनाका डा.क्याप्टेन मुक्तीनाथ शाखीलाइ हस्तान्तरण गर्नु भयो । आज हस्तान्तरण गरिएका सामाग्रीहरुमा पिपिइ सेट,सर्जिकल मास्क,सर्जिकल पन्जा, स्यानीटाइजर तथा सिटामोल रहेका छन ।

 

अध्यक्ष मल्लले चेम्वरले केही दिनमा सरकारी अस्पतालहरुलाइ अक्सिजन सिलिण्डर र कन्सन्टे«ट उपलब्ध गराइने तयारी हुंदै गरेको बताए । उक्त अवसरमा चेम्वरका उपाध्यक्ष तथा नेपाल चेम्वर कोभिड व्यवस्थापन समितिका संयोजनक दीपक कुमार मल्होत्रा, चेम्वरका उपाध्यक्ष  सुरेन्द्र कुमार श्रेष्ठ तथा कार्य समिति सदस्य  नवराज ढकालको पनि उपस्थिति रहेको थियो ।