२०७८ असार ७ , सोमवार

के हो अत्यावस्यक ! पास कि श्वास ?

अशोक तिवारी – “कोरोना छ घर भित्र बसौ, सरकार ले मात्र गर्न सक्दैन हामी आँफैले गर्ने हो , सरकारले भनेको नटेर्ने जथाभाबी हिंड्ने अनी सरकार ले गर्न सकेन भनेर आलोचना मात्र गर्ने , आदी इत्यादी ” सामाजिक सञ्जाल मा बहुसंख्यक बिद्धवान हरुले राख्नु भएको धारणा हो यो। सजिलो छ भन्न। सरकार ले अत्यावस्यक बाहेक सबै बन्द गर्ने भनेको छ, अनी अत्यावस्यक भनेको के हो ?

 

सि डि ओ ले पास बाड्नु ,नेपालगन्ज देखी राजधानी सम्म गाडी लिएर श्रीमती लिन आउनु, बिहे गरेको दुई दिनमा कोरोना को कारण मृत्‍युबरण गर्न को लागि मानौ अब यो जुनिमा बिहे नै हुँदैन झै धमाधम बिहे को मेला लाग्नु ,पास लिन पहुँच हुनेको गाडी चल्नु, कार्यालय, ब्यवसाय,निर्माण कार्य चलिरहनु, बजार मा खुट्टा टेकी साध्य नहुने गरी भिड हुनु, रक्सी पसल खुला हुनु, बैक बित्तिय संस्ठा चलिरहनु , प्रेस भनेर गल्ली गल्ली दगुर्नु, के यही हो अत्यावस्यक ? हाम्रो बुझाई मा अहिलेको लागि अत्यावस्यक भनेको अस्पताल जानु मात्र हो। यसबिच केही अपबाद का काम हुनसक्ला त्यसलाई हप्ता को एक दिन मा गर्न सकिन्छ कतिपय त अनलाइन को माध्यम बाट पनि गर्न सकिन्छ तर त्यो बाहेक कम्तिमा पनि पन्ध्र दिन देश का सरकारी तथा निजी सम्पूर्ण कार्यालय बन्द गर्न सकिन्छ।

 

आवश्यक खर्चको बन्दोबस्ती गरेर बैक तथा बित्तिय संस्था बन्द गर्न सकिन्छ,क्रेडिट कार्ड, मोबाइल इन्टरनेट बैङ्किङ ,ई पेमेन्ट जस्ता माध्यम ले पनि बित्तिय सहजता पाउन सकिन्छ, अनी बजार नै बन्द छ त सहकारी संस्था किन खोल्नु पर्‍यो? पन्ध्र दिनलाई आवश्यक खाध्य पदार्थ, पानी ,तरकारी तथा फलफूल किनेर राख्न सकिन्छ, दिनहुँ बजार जान पर्ने बाध्यता छैन। सडक मा प्रहरी तथा ट्राफिक को संख्या घट्छन, अन्तिम अवस्था मा मात्र अस्पताल जाने हो भने नर्स तथा डा को संख्या घट्छ। औषधी पसल, बैक र बजार मा भिडभाड हुँदैन, पहुँच र पास ले चल्ने अफिस तथा ब्यवसाय बन्द हुँदा कर्मचारी हिंड्न् पर्दैन, प्रेस को लागि सरकारी सञ्चार माद्यम लाई मात्र अनुमती दिदाँ राष्ट्रिय स्तरका सयौ लगायत तीन हजार हाराहारी का अनलाइन मिडिया र उत्तिनै युट्युब का कर्मचारी घरभित्र नै हुन्छन सरकारी माध्यको प्रसारणबाट आफ्नो कार्यलाई घरबाट नै निरन्तरता दिन सक्छन, अनी यो सब को ब्यबस्था गर्ने जिम्मेवार र अधिकारिक निकाय सिसिएमसी र सरकार होइन र ? कि होइन ।

 

घर भित्र बसिरहेका मा कोरोन देखिएको छ, सुरक्षित काम गरिरहेका छौ भनेका बहुचर्चित नागढुङा टनेल भित्र कोरोना फैलिएको छ, सरकार ले काम मा निरन्तरता दिनु भनेका राष्ट्रिय गौरब का आयोजना स्थल अशुरक्षित बनेका छ्न, अस्पातल मा लाखौं खर्चेर पनि घर नफर्कने भयवह स्थिती छ। यसबिचमा सम्बन्धित आम कर्मचारी रहर र मनोमानिले नक्कली परिचयपत्र समेत बोकेर हिंडेका छैनन भन्ने कुरा यि सामाजिक सञ्जाल मा फ्याउरा कराएझै कराउने हरुलाई कस्ले सम्झाउने? कसले बुझाउने? आज वाध्यता ले, डर नै डर ले हिडिरहेका मान्छे को पनि घरमा बुढा आमाबा छन,स साना बच्चा छन, तिनको चिन्ता नहुने हो र, प्रत्यक दिन ओहो आज कोरोना लाग्यो कि अब बाचिदैन कि भनेर मौसम, धुलो धुँवा र शरीरिक प्रतिकृया को कारण फेर्ने श्वासमा , हाच्छिउँमा ,खोकिमा,शरीरको तातोपनामा मृत्‍यु को भय अनुभब गरिरहेका छन, आफ्नै सन्तानलाई निर्धक्क आङाल्न सकेका छैनन ।

 

 

सबैले बुझ्नु जरुरी छ राज्य भन्दा माथि कोही छैन, राज्य ले चाहे हरेक समस्या को ढिलो चाँडो समाधान गर्न सक्छ। राज्यका निकायलाई नियन्त्रण गरेर जनधन को सुरक्षा गर्न सक्छ र गर्नु राज्यको दायित्व पनि हो र त्यो भन्दा बढी अभिभाबकत्व निभाउनु हो। यो भयवह स्थिलाई काबुमा ल्याउन सिसिएमसी मा राजनीतिक भन्दा पनि स्वास्थ्य क्षेत्रका डा , शिक्षा क्षेत्रका प्रोफेसर जस्ता बिज्ञ र बिद्द्वानको अत्यावश्यक छ नकी बिद्द्वान राजनीतिकर्मी ले भनेझै राष्ट्रिय सरकार !