२०७८ असार २ , बुधवार

सशस्त्र प्रहरीको गोली लागेर गम्भीर घाइते भएका युवकको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं – नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको छ। बुधबार बिहान प्रहरीले गोली चलाउँदा भारत जान थालेका युवक अविनाश राजभरको मृत्यु भएको हो।

 

जिल्लाको प्रतापपुर गाउँपालिका ६ कंगली खोलास्थित सीमामा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीले चलाएको गोली लागेर जिल्लाकै प्रतापपुर गाउँपालिका ६ कठहवाँ बस्ने २२ बर्षिय युवा अभिनास राजभरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।  बुधबार बिहान सुस्ता गाउँपालिका–५ स्थित नथुई नाका ‘वनकट्टी’बाट भारततर्फ जान लागेका स्थानीय युवालाई सशस्त्र प्रहरीले रोकेको थियो । त्यसपछि ५०/६० जना स्थानीय युवाले सशस्त्र प्रहरीमाथि ढुंगामुढा गरेपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको प्रहरीको छ।

 

 

कोभिड–१९ को जोखिमका कारण रोकेर सोधपुछ गर्न खोज्दा गाउँलेको समूह आएर ढुंगामुढा गरेपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वार्टर पश्चिम नवलपरासीले जनाएको छ ।