२०७८ जेठ ३० , आइतवार

माछापुच्छ्रे बैंकले ल्यायो नयाँ एमबीएल केयर क्रेडिट सुविधा संचालनमा

सुनाखरी न्युज/ काठमाडौं – माछापुच्छ्रे बैंकले नयाँ एमबीएल केयर क्रेडिट सुविधा संचालनमा ल्याएको छ । बैंकले आम नागरिकको स्वास्थ्य उपचारमा सघाउ पुर्याउने उद्देश्यले एमबीएल केयर क्रेडिट सुविधा संचालनमा ल्याएको हो ।

 

यस सुविधा अन्तर्गत बैंकका ग्राहकहरुले आफ्नो तथा आफ्ना परिवारको उपचारमा लाग्ने खर्च माछापुच्छ्रे बैंकको केयर क्रेडिट सुविधा अन्तर्गत किस्ताबन्दीमा भुक्तानी गर्न सक्नेछन् । उक्त सुविधा अन्तर्गत बैंकका ग्राहकहरुलाई १० दश लाखसम्मको रकम प्रदान गर्ने छ ।

 

बैंकको अनुसार बैंकको क्रेडिट कार्ड भएका ग्राहक तथा नयाँ क्रेडिट कार्ड लिएर पनि ग्राहकहरुले उक्त सुविधा लिन सक्नेछन् । हाल बैंकको क्रेडिट कार्ड नभएका तर कार्ड लिन चाहनुहुने ग्राहकहरुले बैंकको वेबसाइटमार्फत क्रेडिट कार्डको लागि आवेदन दिन सक्ने जनाएको छ । बैंकको देशैभर रहेका १६० शाखाहरु मार्फत सजिलै सो सुविधा लिन सकिने छ ।