२०७८ असार ८ , मंगलबार

जेठ १८ गतेदेखि अन्तर्राष्ट्रिय उडान खोल्ने मन्त्रालयको तयारी

सुनाखरी न्युज/ काठमाडौं – कोभिड १९ को दोस्रो लहरको चपेटामा परेर वैशाख २३ गतेदेखि रोक लगाइएको अन्तर्राष्ट्रिय उडान आउँदो जेठ १८ ९जुन १० देखि केही सहज बनाउने तयारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

 

कोरोना संक्रमणको नियन्त्रण तथा रोकथामका लगि गरिएको निषेधाज्ञा सँगसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु बन्द गरिएपनि चार्टर्ड उडान तथा छिमेकी देश भारत, ग्वाङझाउ एंव कतारका सिमित उडान भने सञ्चालनमा छन् । यस्तोमा मन्त्रालयले सरकारले तोकेको स्वास्थ मापदण्डलाई कडाइका साथ पालना गर्ने गरी निश्चित देशबाटहरुबाट कोटा प्रणाली कायम गरेर अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने तयारी अगाडि बढाएको मन्त्रालयले जनाएको छ ।

 

लामो समयसम्म अन्तर्राष्ट्रिय उडान प्रभावित हुँदा विभिन्न देशमा रहेका नेपाली नागरिकहरु नै अलपत्र पर्ने भन्दै हप्तामा कम्तीमा दुईदेखि बढीमा चार उडान गर्ने गरी गृहकार्य अगाडि बढाइएको मन्त्रालयका एक उच्च अधिकारीले पिएलखबरलाई जानकारी दिए । यी उडान मार्फत नेपाल फर्किनले कम्तीमा १० दिन सरकारले तोकेको होटलमा क्वारेन्टाइन बस्नुपर्ने लगायतका मापदण्ड तयार भैरहेको तथा स्वास्थ मन्त्रालयसँगको परामर्शमा अन्य मापदण्ड तयार भैरहेको जनाएको छ ।