२०७८ असार १ , मंगलबार

नेकपा माओबादी केन्द्रका नेता श्रेष्ठद्वारा कोभिड 19 संक्रमितहरु लाई औषधी तथा परामर्श प्रदान

सुनाखरी न्युज/ गोरखा – नेकपा (माओवादी) केन्द्रका प्रवक्ता नारायण काजी श्रेष्ठले बारपाक सुलिकोट गाँउपालिकाको लागि स्वास्थ्य सामाग्रि प्रदान गर्नु भएको छ । राष्ट्रिय सभा सदस्य समेत रहनु भएका श्रेष्ठले आज बारपाक सुलिकोट पुगेर गाँउपालिकाका अध्यक्ष विष्णु भट्टलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु का साथै बारपाकमै गरिएको Antigen Test मा संक्रमण दर अत्याधिक देखिएको उहाँका स्वकिय सचिव सुरेस काजी श्रेष्ठले जानकारी दिनु भयो ।

 

उहाँले हिजो जिल्लाको पालुङटार नगरपालिकाको आपपिपल हस्पिटल , सिरान्चोकको जौवारी प्रथमिक उपचार केन्द्र र अजिरकोट गाँउपालिकाको भच्चेक स्वास्थ्य चौकीमा चिकित्सक सहितको टोली पुगेर एण्टिजेन प्रवद्धि मार्फत कोरोना परिक्षण गर्नुका साथै स्वास्थ्य सामाग्री हास्तान्तरण गर्नु भएको श्रेष्ठले जानकारी दिनु भयो । जिल्लामा कोरोनाको संक्रमण दर बढ्दै गए पछि उहाँ चिकित्सक सहितको उपस्थितीमा अहिले जिल्लाको विभिन्न संक्रमित क्षेत्रमा कोरोना रोकथाम तथा न्युनिकरणको निम्ति खटिनु भएको छ ।