२०७८ असार २ , बुधवार

सगरमाथा इन्स्योरेन्सले प्रस्ताव गर्यो ११.५८ प्रतिशत लाभांश

सुनाखरी न्युज/ काठमाडौं – सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट कुल ११ दशमलव ५८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको जेठ ४ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

 

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब १२ लाख २३ हजार रुपैयाँ रहेको छ । प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।