२०७८ जेठ ३० , आइतवार

सुनको मूल्यमा सामान्य गिरावट

सुनाखरी न्युज/ काठमाडौं – केहि दिनदेखि निरन्तर उकालो लागेको नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९३ हजार ४ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले घटेको हो । मंगलबार सुनको मूल्य तोलामा ६ सयले बढेको थियो ।

 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १३७० पुगेको महासंघले जनाएको छ ।