२०७८ असार ७ , सोमवार

रुकुम जाँदै गरेको बस दाउन्ने भीरबाट खस्यो : ४ को मृत्यु, ४२ जना घाइते

सुनाखरी न्युज/ काठमाडौं – काठमाडौँबाट रुकुम जाँदै गरेको बस बर्दघाटको दाउन्ने भीरबाट खसेको छ । काठमाडौंबाट रुकुम जाँदै गरेको ना ५ ख २७१३ नम्बरको बस दाउन्ने भिरबाट खस्दा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका डीएसपी राजु लामाले बताए ।

 

दुर्घटनामा परी ४ को मृत्यु भएको छ भने ४२ जना बढी घाईते भएको लामाले जानकारी दिए ।