२०७८ असार ८ , मंगलबार

लमजुङ केन्द्र भएर ५.८ म्याग्नेच्यूडको भूकम्प

सुनाखरी न्युज/ काठमाडौं ।

लमजुङ केन्द्रविन्दु बनाएर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौं, पोखरा लगायतका शहरहरूमा समेत महसुस गरिएको थियो ।

लमजुङ केन्द्रविन्दु भएर ५.८ म्याग्नेच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र, लैनचौरले जनाएको छ ।

भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी आएको छैन ।