२०७८ असार ७ , सोमवार

अत्यावश्यक परेको ठाउँमा निम्बसले Pro-Tect को मास्क र स्यानिटाइजर सहयोग स्वरुप उपलब्ध गराउने

सुनाखरी न्युज/ काठमाडौं – हालको परिस्थिति नेपाल सहित संसार भरि नै अत्यन्त नाजुक रहेको हुनाले तुरुन्तै यसको हलका निम्ति काम गर्नु आवश्यक रहेको छ । विगतमा राष्ट्रलाई आवश्यक परेको बेलामा निम्बस अघि बढेको थियो । यो आवश्यकता अहिले झनै महत्वपूर्ण भएको छ । यो कम्पनी फेरि कोभिड–१९ को दोस्रो लहर विरुद्ध लड्न राहत लिएर आएको छ ।

 

अहिलेको कठिन समयमा सानो सहयोगले पनि ठूलो महत्व राख्दछ र कोभिड–१९ ले लिएर आएको सङ्कटलाई सामना गर्न मद्दत गर्दछ । हामी सबैको सुरक्षाका निम्ति यस महामारी विरुद्ध लड्ने संगठन, स्वयंसेवक, र अग्रपंक्तिमा रहेर सेवा दिनेहरु सबैलाई निम्बसले Pro-Tect को मास्क र स्यानिटाइजर सहयोग स्वरुप उपलब्ध गराउने भएको छ । सबैभन्दा आवश्यक रहेको ठाउँहरु – अस्पताल, क्वारेन्टिन सेन्टर, अग्रपंक्तिमा रहेर सेवा दिनेहरु, स्वयंसेवक, स्वास्थ्यकर्मी, सरकारी निकाय आदिलाई प्राथमिकतामा राखेर यस कम्पनीले Pro-Tect को मास्क र स्यानिटाइजर बाँड्ने तयारी गरेको छ । यी मास्क र स्यानिटाइजर कम्पनीले आफ्नो अनलाइन सेवा www.nimbusbazar.com मार्फत सम्बन्धित स्थानमा पु¥याउने छ ।

 

निम्बसले अहिले नै शहीद गंगालाल अस्पताल, नेपाल पत्रकार महासंघ, र अपठ्यारोमा परेकाहरुलाई निःशुल्क खाना खुवाउने स्वयंसेवकहरुद्वारा संचालित संगठन, Heartbeat लाई मास्क वितरण गरिसकेको छ । निम्बसका प्रबन्ध निर्देशक, आनन्द बगरिया, भन्नुहुन्छ, “हाम्रो सुरक्षाका निम्ति यस महामारी विरुद्ध लड्ने सबै प्रति हामी भित्रै देखि कृतज्ञ छौँ । विश्वले भोगिहेको यो कठिन चुनौतीलाइ हराउन हामी सबैले ऐक्यबद्धता देखाएपछि मात्र सम्भव हुन्छ । यसका निम्ति हामी विभिन्न संगठनहरु र सरकारसँग सहकार्य गरेर सहयोगबाट वञ्चितहरुलाई सहायता गर्न चाहन्छौँ ।”

 

Pro-Tect निम्बसको स्वास्थ र सरसफाई ब्राण्ड हो जसले उच्च गुणस्तरकोAnti-microbial KN95 मास्क, 3ply मास्क र विश्व स्वास्थ संगठनको मापदण्ड अनुसारको ७६% ethano रहेको स्यानिटाइजर उत्पादन गर्दछ । आफूलाई आवश्यक परेको संख्या उल्लेख गरेर संगठन र स्वयंसेवकहरुले Pro-Tect मास्क र स्यानिटाइजरका लागि निवेदन दिनका लागि www.nimbusbazar.com मा गएर Donate Pro-Tect बटन थिच्न सक्नुहुनेछ अथवा ९७७–९८२८०९१६९१ मा सम्पर्क गर्न सक्नुहुनेछ ।