२०७८ असार १० , बिहिवार

शेयर बजारमा नयाँ रेकर्ड, कारोवार र परिसूचक दुवैमा किर्तिमान

nepse

सुनाखरी न्युज/ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एकै दिन दुई नयाँ रेकर्ड कायम गरेको छ । साताको तेस्रो दिन आज (मंगलबार) नेप्सेमा हालसम्मकै सर्वाधिक कारोबार र उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड कायम भएको हो ।

 

आज नेप्सेमा ११ अर्ब २६ करोड ७२ लाख बराबरको करोबार भएको छ । यो कारोबार हालसम्मकै उच्च हो । यसअघि २०७७ साल माघ २६ गते सोमबार नेप्सेमा १० अर्ब ६१ करोड ९१ लाख बराबरको करोबार भएको थियो ।

 

त्यस्तै, आज नेप्से हालसम्मकै उच्च विन्दुमा पनि पुगेको छ । आज नेप्से दुई हजार सात सय ९३ दशमलब ८९ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । यसअघि नेप्से २०७८ जेठ ३ गते सोमबार नेप्से दुई हजार सात सय ७० दशमलब ८८ विन्दुमा पुगेको थियो ।