२०७८ असार ८ , मंगलबार

हात्तीको आक्रमणबाट ४५ वर्षीय राईको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं – झापा । जंगली हात्ती लखेट्ने क्रममा हात्तीले आक्रमण गर्दा मेचिनगर नगरपालिका–९ बस्ने ४५ वर्षीय श्याम राईको सोमबार राति मृत्यु भएको छ ।

 

सोही ठाउँस्थित मागुरमाणी सामुदायिक बनबाट जंगली हात्ती बस्तीमा पसेपछि लखेट्ने क्रममा हात्तीले आक्रमण गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि मेची अस्पताल भद्रपुर पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।