२०७८ असार ७ , सोमवार

बाराको कलैयामा दुई बालकको घाँटी रेटेर हत्या

सुनाखरी न्युज/ बारा – बाराको सदरमुकाम कलैयामा दुईजना बालकको घाँटी रेटेर हत्या गरिएको छ । कलैया उपमहानगरपालिका ७ रंगपुर निवासी गफार मियाँका छोराहरुको घाँटी रेटेर हत्या गरिएको हो ।

 

धारिलो हतियारले घाँटी रेटेर हत्या भएको अवस्थामा गफारका छोराहरु ९ वर्षीय उसमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको शव फेला परेको हो । आज बिहान सोही ठाउँमा निर्माणाधीन मदरसाको कोठाभित्र बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले बताएका छन् ।

 

हिजो साँझ ८ बजे घरबाट बाहिर खेल्न गएका दुवैजना बालक घर फर्केका थिएनन् । गफार मियाँका दुवैजना छोराको शव देखेपछि आज बिहान स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटना अनुसन्धानमा तालिमप्राप्त कुकुर परिचालन गरिएको डिएसपी मिश्रले बताए ।