२०७८ असार ८ , मंगलबार

बनेपा नगर एक साताको लागि सिल

सुनाखरी न्युज/ काभ्रे- बनेपा नगरपालिकाले नगर क्षेत्र एक साताको लागि सिल गरेको छ । कोरोना संक्रमितको संख्या दैनिक बृद्धि भएपछि जेष्ठ ४ गते मंगलबार राति १२ बजेदेखि जेष्ठ १२ गते राति १२ बजेसम्म पूर्णरुपमा सिल गर्ने निर्णय भएको नगरप्रमुख लक्ष्मीनरसिं बादेले जानकारी दिनुभयो ।

 

यो अवधिमा खाद्यान, फलफुल, तरकारी, दुधजन्य पदार्थ तथा बैंक तथा वित्तिय संस्थाबाट प्रदान हुने सेवा पूर्ण रुपमा बन्द गर्ने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । मर्निङ वाक गर्नसमेत रोक लगाइएको छ । जिल्लामा रहेका सकृय कोरोना संक्रमित मध्ये सबैभन्दा धेरै बनेपामा नै छन् । आइतबारसम्म जिल्लाका एक हजार ९ सय ५४ सकृय संक्रमित मध्ये ७ सय ७६ बनेपाका छन् ।