२०७८ असार २ , बुधवार

विश्वभर कोरोना संक्रमण कम हुँदै : मृत्यु हुनेको संख्या ३४ लाख नाघ्यो

सुनाखरी न्युज/ काठमाडौं – विश्वमा केही दिनयता कोरोना भाइरसको सङ्क्रमण फैलावट कम भएर गएको छ ।विश्वमा दैनिक सात लाखभन्दा बढी सङ्क्रमित थपिने गरेका थिए । पछिल्लो २४ घण्टामा भने पाँच लाख २० हजार पाँच सय ७१ जना नयाँ बिरामी थपिए । एकै दिन थपिएको यो सङ्ख्याले पनि सङ्क्रमण कम हुँदै गइरहेको देखाउँछ । कोरोना नियन्त्रणका लागि अपनाइएका विभिन्न उपाय प्रभावकारी हुँदा महामारीका रुपमा फैलिएको सङ्क्रमण नियन्त्रणमा सफलता प्राप्त हुँदै गइरहेको हो ।विश्वमा मङ्गलबार बिहानसम्ममा कोरोना सङ्क्रमितको सङ्ख्या १६ करोड ४२ लाख ५० हजार पाँच सय ५९ पुगेको छ । सङ्क्रमितमध्ये १४ करोड ४१ लाख ६२ हजार एक सय ४२ जना उपचारपछि निको भएका छन् ।

 

एक करोड ६६ लाख ८४ हजार आठ सय सङ्क्रमितको उपचार भइरहेको छ । उपचाररतमध्ये एक लाख एक हजार सात सय ९७ जनाको अवस्था चिन्ताजनक छ ।विश्वमा दैनिक मृत्यु हुने सङ्क्रमितको सङ्ख्या भने कम हुन सकिरहेको छैन । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ३४ लाख नाघेको छ ।पछिल्लो २४ घण्टामा १० हजार दुई सय २१ जनाको मृत्यु भयो । हालसम्म कोरोनाका कारण विश्वभर मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ३४ लाख तीन हजार छ सय १७ पुगेको छ ।कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा पनि सङ्क्रमण नियन्त्रण हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा २१ हजार चार सय ८१ जना नयाँ बिरामी थपिए ।सङ्क्रमित सङ्ख्या तीन करोड ३७ लाख ४३ हजार पाँच सय ६० पुगेको छ । सङ्क्रमितमध्ये दुई करोड ७१ लाख ९३ हजार छ सय ५० जना उपचारपछि कोरोनामुक्त बनेका छन् ।५९ लाख ४९ हजार चार सय आठ जनाको उपचार जारी छ । उपचाररतमध्ये सात हजार आठ सय ४९ जनाको अवस्था गम्भीर छ ।

 

एकै दिन तीन सय ३७ सङ्क्रमितको अमेरिकामा मृत्यु भयो । हालसम्म कोरोनाका कारण छ लाख पाँच सय दुई जना अमेरिकी नागरिकको मृत्यु भइसकेको छ ।छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा दुई लाख ६३ हजार ४५ जना नयाँ बिरामी थपिए । यो सङ्ख्या विश्वका अन्य मुलुकमा एकै दिन थपिएका सङ्क्रमितको भन्दा अत्याधिक धेरै हो ।भारतमा सङ्क्रमित सङ्ख्या दुई करोड ५२ लाख २७ हजार नौ सय ७० पुगेको छ । दुई करोड १५ लाख ९० हजार तीन जना उपचारपछि निको भएका छन् ।३३ लाख ५९ हजार दुई सय १६ जनाको उपचार भइरहेको छ । कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक भारतमा उपचाररत सङ्क्रमितमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।एकै दिन भारतमा चार हजार तीन सय ४० जना सङ्क्रमितको मृत्यु भयो । यो सङ्ख्या २४ घण्टाभित्र विश्वका अन्य मुलुकमा मृत्यु भएका सङ्क्रमितको भन्दा धेरै हो । भारतमा हालसम्म कोरोनाका कारण दुई लाख ७८ हजार सात सय ५१ जनाको मृत्यु भइसकेको छ ।

 

ब्राजिलमा एकै दिन ३३ हजार छ सय ३१ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या एक करोड ५६ लाख ६१ हजार एक सय छ पुगेको छ ।एक करोड ४१ लाख ५२ हजार चार सय ३३ जना उपचारपछि निको भएका छन् । १० लाख ७१ हजार आठ सय ११ जनाको उपचार भइरहेको छ ।उपचार गराइरहेकामध्ये आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ । पछिल्लो २४ घण्टामा एक हजार ३९ सङ्क्रमितको ब्राजिलमा मृत्यु भयो ।हालसम्म कोरोनाका कारण चार लाख ३६ हजार आठ सय ६२ जनाको मृत्यु भइसकेको छ । ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।