२०७८ असार ७ , सोमवार

‘ताउ ते’चक्रवात अझ विकसित हुने क्रममा, असर नेपाललमा पनि पर्ने सम्भावना

सुनाखरी न्युज/ काठमाडौं -जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल पूर्वीमध्य अरब सागरमा रहेको अति शक्तिशाली चक्रवात ‘ताउ ते’ अझ विकशित हुने क्रममा रहेको हुँदा यसको असर नेपालमा पनि पर्ने सम्भावना रहेको जनाएको छ ।

 

महाशाखाले उक्त चक्रवात हाल उत्तर-उत्तरपश्चिम तिर बढ्ने क्रममा रहेको र यसको प्रत्यक्ष प्रभाव नेपालमा नपरे तापनि केही असर भने नेपाली भूभागमा पनि पर्ने सम्भावना रहेको आकलन गरेको हो । सो प्रणालीका कारण मंगलबारबाट देशका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना रहेको छ। साथै बुधबार बेलुकाबाट शुक्रबारसम्म कर्णाली प्रदेश ,सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा र थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना महाशाखाले जनाएको छ ।

 

प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। यो सिजनमा मेघगर्जन / चट्याङ /हावाहुरी र असिना-पानीको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ । सो अवधिमा उच्च हिमाली भूभागमा पर्वतारोहण नगर्न तथा नगराउन हुन समेत अनुरोध छ। चक्रवातको असर कर्नाटमा धेरै परेको कर्नाटका राज्य संकट व्यवस्थापन अधिकारीले जनाएका छन् । साथै कर्नाटकाका ६ वटा जिल्लामा भारी वर्षात समेत भएको छ । भारतीय मौसम विभागले पछिल्लो ३ घण्टामा यो चक्रवातले झन् तीव्र गति लिएको बताएको छ । ‘ताउ ते’ चक्रवातको बढी असर भारतको मुम्बई, गोवा, दक्षिण कोंकण र गुजरातमा हुने पूर्वानुमान गरिएको छ ।

 

चक्रवात के हो ?

चक्रवात भनेको सामुद्रिक आँधी हो । चक्रवातले २०० देखी ३०० सय किलोमिटर सम्मको रेडीयस बनाएर घुम्छ । यो एकदम शक्तिशाली हुन्छ । चक्रवात भनेको जहाँ वायुमण्डलीय चाप कम छ त्यहाँ धेरै कडा हावाहरू एक ठाउँमा जम्मा हुन्छ । तिनीहरू ठूलो घेरामा अघि बढ्छन् र आफैँ वरिपरि घुम्छन् । बेला–बेला आउने यस्ता चक्रवातको नाम राख्ने गरिएको छ । अहिलेको यो चक्रवातको नाम ‘ताउ ते’ म्यानमारले राखेको नाम हो ।

 

आगामी तीन दिनको मौसम पूर्वानुमान

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली को प्रभाव रहेको छ । देशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको छ।

२०७८ जेठ ३ गते (सोमबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राती: देशभर सामान्य बदली रही देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

२०७८ जेठ ४ गने (मंगलबार)

दिउँसो: देशभर सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

२०७८ जेठ ५ गने (बुधबार)

दिउँसो: देशभर सामान्य बदली रहनेछ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केहि र प्रदेश १ तथा प्रदेश २ का थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर सामान्य बदली रहनेछ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केहि र प्रदेश १ तथा प्रदेश २ का थोरै स्थानहरुमा त मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।