२०७८ असार २ , बुधवार

आज तोलामा ३ सयले बढ्यो सुनको भाउ

सुनाखरी न्युज/ काठमाडौं – साताको दोस्रो दिन आज सोमबार सुनको भाउ बढेको छ । आईतबार तोलाको ९२ हजार ५ रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज ३ सयले बढेर ९२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै तेजाबी सुनको भाउ पनि ३ सयले नै बढेर ९२ हजार ३ सय प्रतितोला रहेको छ ।

 

आज चाँदीको भाउ पनि ५ रुपैयाँले बढेर १३ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ५ सय ६० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७९ हजार १ सय ३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ६१ रुपैयाँ ५० पैसा कायम गरेको छ ।