२०७८ असार ६ , आइतवार

एमाले विवाद हल गर्न १० सदस्यीय कार्यदल गठन, को को परे कार्यदलमा ?

सुनाखरी न्युज/ काठमाडौँ —

नेकपा एमालेको विवाद हल गर्न १० सदस्यीय कार्यदल गठन भएको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा आइतबार  भएको वार्तामा कार्यदल बनाउने सहमति जुटेको हो ।

वरिष्ठ नेता नेपालका अनुसार कार्यदलमा ओलीको तर्फबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् ।

 

नेपालको पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त रहेका छन् । कार्यदललाई तीन दिनभित्र प्रतिवेदन बुझाउनु पर्ने धारणा राखेको जानकारी दिए ।

वार्तापछि अध्यक्ष ओलीले एमाले विवाद हल हुने प्रतिक्रिया दिए ।