२०७८ असार १० , बिहिवार

नबिल बैंकको वेबसाइट मार्फत नबिल iCard को निवेदन गर्न पाइने

सुनाखरी न्युज/ काठमाडौं – नबिल बैंकले आफ्ना ग्राहकहरुको सुबिधालाई ध्यानमा राखी नबिल बैंकको वेबसाइट मार्फत नबिल iCard को लागि निवेदन दिन मिल्ने सुविधा ल्याएको छ ।

 

यस नयाँ सुविधा मार्फत नबिल बैंकमा खाता भएका ग्राहक बर्गहरुले आफै बैंकको वेबसाइटमा Nabil iCard सेक्सनमा  (https://nabilbank.com/en/personal/card-e-banking/products/nabil-icard) गइ Apply Now विकल्प छानि नबिल iCard को लागि निवेदन दिइ, आफूलाई पायक पर्ने नबिल बैंकको कुनै पनि शाखाबाट कार्ड संकलन गर्न सक्नेछन । यो कार्ड सम्बन्धी प्रायः सोधिने प्रश्नहरू वेबसाइटको समान खण्डमा उपलब्ध छन् जुन ग्राहकले सजिलैस“ग सन्दर्भ गर्न सक्दछन् । थप जानकारीका लागि ग्राहकहरूले बैंकको ग्राहक सेवा केन्द्रमा ०१–५९७००१५ सम्पर्क गर्न सक्नेछन् ।

 

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा आङ्खनो ग्राहकहरुको हित तथा आवश्यकतालाई मध्यनजर गर्दै स्वस्थ्य एवम सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले यो नयाँ सुबिधा ल्याएको छ ।