२०७८ असार ७ , सोमवार

एमालेको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन

सुनाखरी न्युज/ काठमाडौं – नेकपा एमालेले कार्यदल बनाएको छ । नेकपा एमालेको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन गरेको हो ।

 

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीसँगको वार्तापछि कार्यदलमा दुवै पक्षका ५/५ जना सदस्य बनाउने निर्णय गरेको वरिष्ठ नेता माधवकुमार नेपालले जानकारी दिनुभयो । जसमा माधव पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र रघुजी पन्त र गोकर्ण विष्ट रहनुभएको छ । त्यस्तै ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल , प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहनुभएको छ । कार्यदललाई तीन दिनको समय दिने कुरा भएको छ । सो कार्यादलले नै खाका तयार गर्नेछ ।’

 

नेता नेपालले भन्नुभयो । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच आज सिंहदरबारमा एक्ला–एक्लै भएको छलफल भर्खरै सकिएको हो ।शुक्रबार साँझ सिंहदरबारमा नै भएको भेटमा दोस्रो तहका नेताहरु पनि सहभागी भएका थिए । सो बैठकले विवाद समाधानका लागि कार्यदलमा रहने सदस्यहरुको टुंगो लगाउने जिम्मा ओली र नेपाललाई दिएको थियो । आजको छलफलले कार्यदलको टुंगो लगाउने नेताहरुले बताएका छन् ।